किशोरी सशक्तीकरणका लगाी शिक्षा कार्यक्रमको सहयोगले पाएको सफलता ।
प्रियन्का कुमारीको घर धोविनी गाउँपालिका वडा नं. १, घोडदौडा पिपरा रहेको छ । उनी १७ वर्ष भएकी भईन । उनीलाई सुनाई तथा बोलाई सम्बन्धी सिमतता रहेको छ । उनको घरमा बुवा, आमा, एक जना भाई र १ जना बहिनी सहित ५ जनाको सदस्य रहेको छ । अशिक्षा र गरीबीको रेखामा रहेको उनको परिवार गरीबीकै कारणले कयौ अवशर वाट बन्चितिकरण परेका छन् । कृषी र दैनिक ज्यालादारीमा बाच्न बाध्य भएका भएका उनको परिवारलाई कयौ पल्ट प्रियन्काकै कारण समुदायले तिरस्कृत गरेका छन् । कार्यगत सिमितता भनेको पुर्व जन्मको पाप भन्ने सामाजिक कुसस्कार, कुरीति र रुडीबादी परम्पराले ब्याप्त रहेको समाजमा बाच्न विबश बनेकी प्रियन्काले आफ्नो दैनिक जिवन समेतमा बाधा, अड्चन झेलीरहकी छिन । उनी शिक्षाको पारिलो घाम वाट बन्चीतिकरणमा परेका थिईन । नजिकै स्रोत कक्षा भए पनि स्रोत कक्षामा राम्रो ब्यबस्थापन नभएको कारण उनी विधालय जान पाईकी थिएन । साथै स्रोत कक्षामा केटा र केटीको लागी फरक फरक ब्यबस्था नभएका कारण परिवारले कक्षामा न पठाएका हुन् । तर दिब्य युवा क्लव र भि.एस.ओ नेपालको साझेदारीमा संचालन भईरहेको किशोरी सशक्तीकरणका लगाी शिक्षा कार्यक्रम अन्तर्गत ९ महिना सम्म तयारी कक्षामा अध्ययन गरेका थिए । सांकेतिक भाषा सम्बन्धी आधारभुत ज्ञान लिईसके पछि परियोजनामा कार्यरत सामुदायिक परिचालकको परामर्शले उनि आयआर्जन कृयाकलापमा सहभागी भए । उनि अहिले परियोजनाको सहयोगमा घरमै किराना पसल संचालन गरेकी छिन् । उनि मासिक रु. १५००० सम्म कमाउछिन । उनि राम्रो ब्यबसायि बनी आफ्नो परिवारलाई खुशी राख्न चाहन्छीन । र समाजमा राम्रो उदहारण बन्न चाहान्छिन ।