शिववरणमा आएको खुशी
जगरनाथपुर गाउँपालिका घर भएका शिववरण चौधरी एक १४ वर्षिय दृष्टविहिन बालक हो । दृष्टीविहिन भएकै कारण समाजको तिरस्कार, अपहेलना सहन बाध्य शिववरण चौधरीको जिवन जसोतसो चलिरहेको थियो । सामाजिक कु–सस्कारले दृष्टीविहिन हुनु एक पाप भएको कुरा सुनेर त झन शिववरणलाई कयौ पटक आत्महत्या गर्न मन लागेको कुरा उनि वताउछन् । समाजिक वितृष्णा, हेलाले भरिएको समाजका रुडीबादी सोचलाई परिवर्तन गर्नको लागी जव स.न. २०१८ मा दिव्य विकास स्रोत केन्द्रले ईन्गेज कार्यक्रम वाट शिववरणले ६ महिना तयारी कक्षामा ब्रेललिपी वाट पढ्ने अवशर पायो भने विभिन्न क्षमता विकास एंव व्यवहार परिवर्तन सम्बन्धी तालिम पनि लिए । ईन्गेज परियोजनाको सहयोग वाटनै उनलाई त्रिजुद्ध विद्यालयमा ३ कक्षामा भर्ना गरियो । हाल उ कक्षा ७ मा अध्ययन गरिरहेको छ । उ कक्षाको अव्वल विद्यार्थीमा कहलिन्छ । उसले विभिन्न अतिरिक्त कृयाकलापमा पनि सहभागी भई पुरस्कार हाशिल गरेका छन् । मद्येश प्रदेशमानै पहिलो चोटी आयोजना गरिएको क्रिकेट प्रतियोगीतामा सहभागी भई म्यान अफ द म्याच पनि बन्न सफल भएको छ । यसरी जिवनमा दृष्टीविहनले पनि केहि गर्न सक्छ भन्ने कुरा पनि नसोचेको समाजलाई बलियो उदाहरण बनेका शिववरण चौधरी आज भविश्यमा ठुलो मान्छे बनेर देशको सेवा गर्ने लक्ष्य सम्म राख्ने भएका छन् ।