स्थानिय अधिकार कार्यक्रमको सहजिकरण वाट न्याय दिलाउन सक्ने सम्मको यात्रा
कृषि ज्यालादारीमा काम गर्नेे र परिवारमा १० जना सदस्य भएको लालमती देवी चमईनको मुख्य आयस्रोत भनेको ज्यालादारि हो । गरीबीको रेखामुनि रहेको लालमती देवीले जिवनमा भोगेका कयौ दुखः, तिरस्कारलाई चिर्नको लागी सहयोगी हात बनेको दिव्य विकास स्रोत केन्द्रले संचालन गरेको स्थानिय अधिकार कार्यक्रमको उत्प्रेरणा, क्षमता विकास तालिम वाट क्षमतावान बनि महिला अधिकार मञ्चको सदस्य सम्मको यात्रा तय गर्नु भएको छ । वहाँले समुदाय स्तरमा भएको कयौ हिसां घटनालाई सामाधान गर्न सफल भईसक्नु भएको छ । आजकल लालमती देवी समुदायमा चेतनामुलक कार्यमा सक्रिय रुपमा सहभागी हुदै हिंसामा परेका आवाजहरुको पनि आवाज वनि सामाजिक अभियानमा लागिरहनु भएको छ ।